033-563067
info@swastikmicrofinance.com
Types of Saving बचतका प्रकारहरु

This financial institution is providing the following main services to the depositors:

1. Compulsory  savings:  A minimum of Rs.500/- can be saved monthly. The institution is providing 7.5                                           percent interest per annum on this savings.

2. voluntary savings:

2.1 Personal savings:  The depositor can deposit as much as he wants and can withdraw as needed.                                            The institution is providing 7.5 percent interest per annum on this savings.

2.2 Swastik Swarojgar Saving: The depositor can deposit any amount in this savings from minimum                                                        one thousand to maximum. The institution is providing 10 percent                                                             interest annually on this savings.

Source: The tax on saving interest will be deducted quarterly and included in the capital as per the rules of the Government of Nepal.

यस वित्तीय संस्थाले निक्षेपकर्ताको हकमा देहायबमोजिमको मुख्य सेवाहरु प्रदान गरिरहेको छ :
१. अनिबार्य बचत : मासिक रुपमा न्युनतम रु.५००/- बचत गर्न सक्नेछ । यस बचतमा संस्थाले बार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गरिरहेको छ ।
२. स्वेच्छिक बचतका प्रकारहरु :
क. व्यक्तिगत बचत : निक्षेपकर्ताले ईच्छाअनुसार जतिपनि रकम जम्मा गर्न सक्नेछ भने आवश्यकता अनुसार जहिले पनि                                    झिक्न सक्नेछ । यस बचतमा संस्थाले बार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गरिरहेको छ ।
ख. स्वस्तिक स्वरोजगार बचत : निक्षेपकर्ताले यस बचतमा न्युनतम एकहजार देखि अधिकतम जतिपनि रकम जम्मा गर्न                                       सक्नेछ । यस बचतमा संस्थाले बार्षिक १० प्रतिशत ब्याज प्रदान गरिरहेको छ ।

श्रोत : बचतको ब्याजमा नेपाल सरकारको नियमानुसार करकट्टी गरि त्रैमासिक रुपमा मुलधनमा समावेश गरिनेछ ।

CEO Message
CEO Image
Dhirendra Lal Karn
CEO

नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”