In Madhesh Province, by determining the scope of work and protecting the deposits of depositors in financial institutions, by providing healthy competition to the general public through reliable financial mediation, bringing dynamics to the agricultural and commercial sectors, creating self-employment, properly deploying labor and capital, providing financial resources, technical and managerial consulting services, and training. The goal of this financial institution is to actively engage and support poverty alleviation.
मधेश प्रदेशमा कार्यक्षेत्र निर्धारण गरि वित्तीय संस्थामा आवद्ध निक्षेपकर्ताहरुको निक्षेपको संरक्षण गरि स्वास्थ्य प्रतिस्पर्धा गर्दै सर्वसाधारणमा भरपर्दाे वित्तीय मध्यस्थता मार्फत कृषि एवं व्यापारीक क्षेत्रमा गतिशिलता ल्याउनु, स्वरोजगारी बनाउनु, श्रम तथा पुँजीको उचित रुपमा परिचालन गरी वित्तीय श्रोत साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम उपलब्ध गराई गरीबी निवारणका लागी सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने यस वित्तीय संस्थाको उद्येश्य रहेको छ ।
नमस्कार, मधेश प्रदेशका स्थानिय व्यक्तित्वहरुद्धारा प्रवर्धित स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (प्रदेशस्तर) वित्तीय संस्थाको रुपमा ईजाजत प्राप्त गरि २०७५ चैत्र १२ गते देखि वित्तीय सेवा प्रदान गरिरहेको छ । यस प्रदेशमा रहेका जनताहरुमा लघुवित्त कार्यक्रम मार्फत वित्तीय सेवा प्रदान गरि निक्षेप संरक्षण गर्ने र आफनै देशमा बसी व्यवसायी गर्न ईच्छुक युवाहरुमा धितो वा विनाधितो कर्जा मार्फत स्वरोजगार बन्न उत्प्रेरित गराई आर्थिक सम्पन्नताको बाटोमा सहयोग गरि सामाजिक प्रतिष्ठामा समेत बिकास गराउनु यस वित्तीय संस्थाको उद्येश्य रहेको छ । यस वित्तीय संस्थाको एकल प्रयासबाट ग्राहक सदस्यहरुले आर्थिक सम्पन्नताको सफलता प्राप्त गर्न सक्दैनन् त्यसको लागी सदस्यपरिवार स्वयम्ले पनि आफनो जिम्मेवारी बुझि कर्जाको शतप्रतिशत सदुपयोग गरि आम्दानीमा बृद्धि र अनावश्यक खर्चको कटौती गर्दै आफनो ईमान्दारीता कायम राखी समयमै कर्जाको किस्ता भुक्तानी गरी आफनो दायित्व निर्वाह गर्नु हुन सम्पुर्ण ग्राहक सदस्यहरुमा अनुरोध गर्दछौँ । साथै, यस वित्तीय संस्थाको स्थापना गरि रोजगारी सिर्जना गर्नुहुने सम्पुर्ण शेयरधनी महानुभावहरु, आर्थिक कारोबारको लागी यस वित्तीय संस्थालाई छनौट गर्नुहुने सम्पुर्ण ग्राहक सदस्यहरु, आफनो परिवारलाई भन्दा बढि समय यस वित्तीय संस्थालाई प्रदान गरि वित्तीय संस्थाको सेवामा लाग्नु भएका कर्मचारीसाथीहरु, विभिन्न समयमा यस वित्तीय संस्थाको कारोबारलाई निरीक्षण गरि महत्वपुर्ण सुझाव प्रदान गर्नुहुने नियमनकारी निकायहरु, वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउनको लागी अभिभावकत्व निर्वाह गर्नुहुने संचालक समिति लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस वित्तीय संस्थालाई साथ, सहयोग र माया गर्नुहुने सम्पुर्ण शुभ चिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस वित्तीय संस्थाको सफलताको लागी यहाँहरुको थप सुझाव र सहयोगको अपेक्षा गर्दछु । “स्वरोजगार सिर्जनाको लागी स्वस्तिक लघुवित्त”